
काठमाडौं । एको असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७८१ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ४ अर्ब ४ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ६७ वटा दाबीको कूल दाबी रकम करिव रू. १ करोड ८८ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१० वटा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४५ करोड ३५ लाखमध्ये कूल २० वटा बीमा दाबीको करिव रू. ८३ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा बीमा दाबीको करिव रू. ५० करोड ३७ लाखमध्ये कूल ६ वटा दाबीको करिव रू. २ लाख, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव रू. ४ करोड १४ लाखमध्ये कूल ३१ दाबीको करिव रु. १३ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव रू. ३ करोडमध्ये कूल ९ वटा दाबीको करिव रू. ८७ लाख बीमा दाबी रकम बीमितलाई भुक्तानी भएको छ ।
यसैगरी, सामुद्रिक बीमातर्फ ३ वटा बीमा दाबीको करिव रु. १० लाख बीमा दाबीमध्ये एउटा दाबीको करिव रू. ३ लाख दाबी रकम बीमितलाई भुक्तानी भएको छ भने मोटर बीमा ( सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रू. १ करोड ८ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिव रू. १२ लाख बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम