
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २३ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको हो ।
नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतको सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवन उदय एकल बीमालेखहरूमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ ।
त्यसैगरी नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा योजनामा ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म, जीवन समुन्नत बीमा योजनामा ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म, सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १÷विकल्प २) मा ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म, केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म र केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म बोनस दिने भएको छ।














समाचार
पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, के के कुरा समेटिए ? (यस्तो छ पूर्णपाठ)
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी