
काठमाडौं । लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको एलिमिनेटर खेलमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायमा पुगेको हो ।
काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीबार विराटनगर किंग्ससँग खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनले पराजित भएको थियो । लिग चरणमा तेस्रो भएको काठमान्डु भने एलिमिनेटरमा हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३३ रन बनाए । सन्दीप जोराले २३ रन जोडे । कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए । विकेटकिपर निरोशन डिकवेलाले१४ रन बनाए ।
काठमान्डुका सन्तोष यादवले २ तथा कप्तान करण केसी, सन्नी पटेल, शाहब आलम र रासिद खानले १–१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएको थियो । काठमान्डुका लागि आठौं नम्बरमा ब्याटिङ गरेका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए भने जोन सिम्पसन र आदिल आलमले समान १८ रन बनाए । भीम शार्कीले १४ रन बनाए । लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहित पौडेलले ३–३ विकेट लिए । यस्तै रुबेन ट्रम्पलम्यानले ३.१ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । अभिशेष गौतमले समान १ विकेट लिए ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह