रेमिट हाइड्रोको साधारणसभा पुस १८ गते

काठमाडौं । रेमिट हाइड्रो लिमिटेडको साधारणसभा पुस १८ गतेका लागि आह्वान गरिएको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चाल समितिका बैठकले ११ औँ साधारणसभा पुस १८ गतेका लागि गर्ने निर्णय गरेको हो ।

उक्त सभा नयाँ बानेश्वरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिउसो ३ बजेदेखि सुरु हुने छ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन, आयोजना निर्माका लागि सहवित्तीयकरण सम्झौता बमोजिम कम्पनीले लिने ऋण अनुमोदा गर्ने र स्वतन्त्र सञ्चाक नियुक्तिको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै आर्थिक वर्ष २०८१/०८२ को सञ्चाल समितिको प्रतिवेदन उपर छलफल गरेर पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात पारिवर्नत सहित वित्तीय विवरण उपर छलफल गरि स्वीकृति गर्ने लगायतका एजेण्डा रहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार