काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकल घटेको छ । आज सेयर बजार परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५६ वटाको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले घटेर ४४५.५० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये २ वटाको मात्रै मूल्य बढेको छ भने ११ वटाको घटेको छ ।
परिसूचक दोहोरो अंकले घटेको दिन २ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३० कम्पनीका १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ६० हजार ६९९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७४ लाख ५५ हजार ७७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।