
दमौली । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निरीक्षण गरेका छन् । सो अवसरमा उनले यहाँ निर्माण हुँदै गरेको चार लेनको पुल पर्यटकीय हिसाबले आकर्षण रहेको भन्दै पर्यटकलाई यसले लोभ्याउने चर्चा गरे ।
मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै उनले यसले काठमाडौँ र पोखरालाई दुरीका हिसाबले नजिकबाट जोड्ने उल्लेख गरे । उनले भने, ‘मुग्लिन–पोखरा सडकको पहिलो खण्ड सम्पन्न भइसकेको छ, केही काम बाँकी छ । यसले ठूलो परिवर्तन ल्याउँछ भन्ने मलाई लाग्छ । मुग्लिनदेखि काठमाडौंसम्मको काम विश्व बैंकको सहयोगमा भइरहेको छ ।’ यसैबीच मन्त्री घिसिङले समयमै काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कार र नगर्नेलाई दण्ड जरिवाना गरिने बताए ।
सडक डिभिजन कार्यालय दमौलीमा आज आयोजित विभिन्न पालिकाका स्थानीय एवं जनप्रतिनिधिसँगको भेटघाटमा बोल्दै मन्त्री घिसिङले निर्माण व्यवसायीले समयमै काम नगर्दा देश विकासमा पछाडि परेको उल्लेख गरे । निर्माण व्यवसायीबाट काम नहुँदा देश उनीहरूको कब्जामा गए जस्तो भइरहेको बताउँदै मन्त्री घिसिङले भने, ‘कुनै पनि निर्माण व्यवसायीले काम गर्दैन भने उनीहरूलाई कारबाही गर्छौँ ।’
मन्त्री घिसिङले विभिन्न २०० बढी सडक आयोजना सडक विभागले ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
तनहुँको घुमाउने पुल विगत ११ वर्षदेखि अलपत्र रहेको जनाउँदै उनले एक महिनाभित्र काम सुरु नगरे त्यो योजना पनि रद्द गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘काम समयमा गरेको भए देश विकास भइसक्ने थियो, काम नगर्दा देश विकासमा पछाडि परेको छ ।’ व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रका विकास निर्माणकास सन्दर्भमा मन्त्री घिसिङ समक्ष ज्ञापनपत्र बुझाएका थिए ।












समाचार
करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन आह्वान
एक वर्षमा ३३३ उद्योग दर्ता
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ
अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
‘ब्रड पिक’ हिमपहिरो: आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि
सवारी दुर्घटना गराउने आधाभन्दा बढी चालक २५ देखि ४० वर्ष उमेर समूहका
स्वास्थ्य बीमा बोर्डद्वारा विपन्न नागरिकको उपचारबापत करिब ३० करोड रुपैयाँ भुक्तानी
क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा नेपाल नियुक्त
बागमती सफाइ अभियान : ६९०औँ हप्ता पूरा