
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा धितोमा रहेको सम्पत्ति बिक्री नभए आफैले सकार्न पाउने भएका छन्। ‘कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैले सकार गर्नुपर्नेछ’, राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्र भनिएको छ। सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लिनु पर्ने रकममध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्याङ्कन गर्नु पर्ने व्यवस्था छ।
यदि धितोको बजार मूल्य कर्जा असुलीको क्रममा लिनु पर्ने रकमभन्दा कम भएमा कम भएजति रकम सोही आर्थिक वर्षमा नाफा/नोक्सान हिसावमा खर्च देखाउनु पर्ने व्यवस्था छ। गत मंसिर १० गते बैंक तथा वित्तीय संस्थाले धितो लिलाम नभएर सकारेको हदबन्दीभन्दा बढी गैरबैंकिङ सम्पत्ति तीन वर्षभित्र अनिवार्य रूपमा बेच्नुपर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले दायर गरेको रिटमाथिको सुनुवाइमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो। त्यस्तै, बैंकले धितो लिलामी प्रक्रिया सुरू भएपछि कर्जाको किस्ता उठ्न थालेमा कर्जालाई खराब वर्गमा वर्गीकरण गरिरहनु नपर्ने भएको छ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना