काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।