
काठमाडौं । सोमबार देखि बढेको शेयर बजार बुधबार पनि बढेको छ । बुधबार ५.७० अंकले बढेको नेप्से २६२५.७० विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.१८ अंकले बढेर ४५१.८६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४५ अंकले बढेको हो ।
बुधबार ३३२ वटा कम्पनीको ५८ हजार ९६ पटक धितोपत्र कारोबार हुँदा ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब ५ करोड ३७ लाख पुगेको छ । जुन मंगलबारको तुलनामा ७६ करोड ४० लाखले बढी हो ।
मंगलबार करोबार रकम भने ३ अर्ब २८ करोड ९७ लाख पुगेको थियो । बुधबार १४३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।
यस दिन सबै १० वटा समूह बढ्दा ३ वटा समूह घटेको छ । बैंकिङ ४, विकास बैंक ३९, वित्त ४०, जलविद्युत ५, लगानी ०.०४, जीवन बीमा ८८, उत्पादन र प्रशोधन ३४, लघुवित्त ४, म्युअुचल फण्ड ०.१०, र अन्य समूह १.०२ अंकले बढेको छ । होटल र पर्यटन २६, निर्जीवन बीमा ४० र व्यापार ११ अंकले घटेको हो ।
यस दिन सर्वाधिक कारोबार हुनेमा युनियन हाइड्रोपावर रहेको छ । युनियन हाइड्रोपावरकको २२ करोड ७८ लाख, मन्जुश्री फाइनान्सको १३ करोड ७६ लाख,ङादी गुप्रको ११ करोड ४९ लाख, हिमालयन रिइन्स्योरेन्सको १० करोड ५८ लाख र राधी विद्युत कम्पनीको ९ करोड ३१ लाख बराबर कारोबार भयो ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?