
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत चारवटा कम्पनीहरूको साधारणसभा आज बस्दैछ । आज नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सुपर मादी हाइड्रोपावर, आशा लघुवित्त र काबेली हाइड्रोपावरको साधारण सभा बस्दैछ ।
नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद (कर समेत) लाभांश र १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि आज काठमाडौंको थिरबमस्थित आम्रपाली ब्याङ्क्वेटमा र गूगल मीट मार्फत बिहान ९ बजेदेखि १३ औँ वार्षिक साधारणसभा बस्दैछ ।
त्यस्तै आज सुपर मादी हाइड्रोपावर लिमिटेडको पनि साधारणसभा बस्दैछ । कम्पनीले उक्त सभामार्फत हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद (कर समेत) लाभांश र २ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्ने एजेण्डा तय गरेको छ । कम्पनीको १६ औँ वार्षिक साधारणसभा आज काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुने छ । यस कम्पनीले मंसिर १७ गतेदेखि बुक क्लोज गरिसकेको छ ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद (कर समेत) लाभांश गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल अरनिको प्रा.लि मा दिउँसो २ बजेदेखि ९ औँ वार्षिक साधारणसभा बस्दैछ । यस कम्पनीले मंसिर २२ गते बुक क्लोज गरिसकेको छ।
काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । आज काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा अपरान्ह ३ बजेदेखि चौथो वार्षिक साधारणसभा बस्दैछ । यस कम्पनीले मंसिर २४ गतेदेखि बुक क्लोज गरिसकेको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय