सालपा विकास बैंकको आईपीओ बाँडफाँड

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज बिहान सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले मङ्सिर २५ गतेदेखि मङ्सिर २९ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्काशन गरेको थियो ।

यो आईपीओमा ६७ हजार ६५५ जनाको आवेदन परेकोमा ६७ हजार ६३७ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने अरु आवेदन रीतपूर्वक नपरेको भन्दै रद्द गरिएको छ । गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्दा १७ हजार २३८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यी मध्ये ८ जनाले थप १÷१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार