
काठमाडौं । बङ्गलादेशस्थित नेपाली दूतावासको आयोजनामा शुक्रबार साँझ स्थानीय राजशाहीमा ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्य’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमाई सम्बोधन गर्दै बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेशबिचको द्विपक्षीय आर्थिक सहकार्यका विभिन्न क्षेत्रमा भएको स्थिर प्रगतिबारे जानकारी गराएका थिए ।
उनले ऊर्जा व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा हासिल भएका उपलब्धि उल्लेख गर्दै यी क्षेत्रमा सहकार्य थप विस्तार हुँदै गएको बताए । दुई देशबिचको सम्बन्ध सुदृढ बनाउन व्यावसायिक समुदायको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै राजदूत भण्डारीले सहभागीलाई आपसी हितका क्षेत्रमा नेपाली व्यावसायिक साझेदारसँग सहकार्य अझ गहिरो बनाउन आह्वान गरे। सो अवसरमा दूतावासकी प्रथम सचिव योजना बाम्जनले नेपाल–बङ्गलादेश आर्थिक सहकार्यका प्रमुख क्षेत्रबारे विस्तृत प्रस्तुति दिनुभएको नेपाली दूतावास बङ्गलादेशले जनाएको छ ।
उनले व्यापार, लगानी, सम्पर्क सञ्जाल, शिक्षा तथा जनस्तरको सम्पर्कलगायतका क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे जानकारी गराएका थिए । अन्तरक्रियात्मक सत्रमा सहभागीले उठाएका जिज्ञासा तथा चासोका बारेमा राजदूत भण्डारीले जानकारी गराएका थिए । कार्यक्रममा राजशाहीस्थित विभिन्न सरकारी निकाय तथा व्यावसायिक सङ्घ–संस्थाका प्रतिनिधिले शारणा राखेका थिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, प्रतिष्ठित व्यवसायी, ट्राभल तथा टुर उद्यमी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।













समाचार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन