
काठमाडौं । नबिल बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिर्सस क्लबमा बिहान ११ः१५ बजे ४१ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जरमा जान वा वैदेशिक रणनीतिक साझेदारीमा जान आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
साथै गत आर्थिक वर्ष (आव) को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । १ जना संस्थापक शेयरधनीको निर्वाचन गर्ने, गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने