
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले यही पुस २१ गतेदेखि एफपीओ जारी गर्ने भएको हो ।
साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त एक आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ । यस्तो अनुपात ७०ः३० कायम गर्नु पर्ने भएकाले त्यसका लागि कम्पनीले एफपीओ निष्कासन गर्न लागेको जनाएको छ । यसका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । यसमा सर्वसाधारणले पुस २१ गतेदेखि पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । यो एफपीओ निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको कुल सूचीकृत सेयर संख्या ७९ लाख १७ हजार २२०.५९ कित्ता कायम रहनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि