
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १.८३ प्रतिशतले धेरै हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै आज सन्सेटिभ इन्डेक्स पनि ८.२५ अंकले बढेर ४५६.७८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचक उच्च अंकले बढेको दिन सेयर बजारमा साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर ८९ हजार २५१ पटक खरिद बिक्री हुँदा ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह