
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पाटीबीच एकीकरण गर्ने सहमति भएको छ । दुवै पार्टीका अध्यक्षद्वयले आइतवार बसेको बैठकबाट पार्टी एकता गर्ने निर्णय गरेका हुन् । पछिल्लो विकसित राजनीतिक घटनाक्रम पछि धेरै राजनीतिक दलहरु चुनावी वा पार्टी एकीकरण गर्नु पर्ने दबाबमा छन् । यही परिप्रेक्ष्यमा जसपा नेपाल र लोसपा पनि पार्टी एकता गर्ने निष्कर्षमा पुगेको हा ।
दुवै अध्यक्षको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै देशको लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने, पहिचान, समावेशिता, समानुपातिक समावेशिता र सामाजिक न्यायका मुद्दालाई अझ प्रभावकारी रूपमा अघि बढाउने उल्लेख गरिएको छ । सोही आवश्यकतालाई मध्यनजर गर्दै जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरिएको विज्ञप्तिमा बताइएको छ ।

जसपा नेपाल र लोसपाबीच एकतापछि बन्ने गठबन्धन अब मधेशको सबैभन्दा ठूलो दल बन्ने भएको छ । अहिले मधेश प्रदेश सभामा नेकपा एमालेको २४ सदस्य रहेको छ । मधेशमा जसपा नेपालको १९ र लोसपाको ९ प्रदेश सदस्य रहेका छन् । अब जसपा नेपालको सरोज सिंह कुशवाहा र लोसपाका अविराम शर्मा निलम्बित सदस्य बाहेक दुई दलको एकतापछि २६ जना प्रदेश सभा सदस्य हुनेछन् । जसपा अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई सम्मानित नेता बनाएर बाँकी नेताहरु व्यवस्थापन गर्ने तयारी गरेका छन् ।
अशोक राई छोडेर रेणु यादव लगायत पनि उपेन्द्र मोर्चामै
अशोक राई नेतृत्वमा रहेको जनता समाजवादी पार्टीका केही नेताहरू पनि जसपा नेपालमै फर्किएका छन् । सोमबार जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा पूर्वमन्त्री प्रदिप यादवसहितका केन्द्रीय सदस्यहरु जसपा नेपालमा फर्किएका हुन् । जसपा नेपाल अध्यक्ष यादव र रेणु यादवले संयुक्त हस्ताक्षर सहितको विज्ञप्ति सार्वजनिक गर्दै एकता गरेको जानकारी दिएका छन् ।

मधेशको पावर सेन्टर बन्ने सम्भावना
मधेश केन्द्रीत राजनीतिमा सीके राउतको जनमत पार्टीले पछिल्लो निर्वाचनमा तरंग पैदा गरेको थियो । तर संसदीय अभ्यासमा आएको छोटो समयमै सीके राउतको राजनीति धरमर अवस्थामा पुग्यो । व्यक्तिगतदेखि पार्टी सञ्चालनसम्मा सीके राउतमाथि प्रश्न उठ्यो भने उनका कैयौं सहयात्रीले छोडेर हिंडे । मधेशको मसिहा बन्ने बाटोमा रहेका सीके अहिले वास्तवमै कमजोर अवस्थामा पुगेका छन् । उपेन्द्र समूह भने आशन्न निर्वाचनमा झन बलियो बनेर उदाउने सम्भावना अधिक भएको छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना