
काठमाडौं । इजलासमै दुव्र्यवहार र धम्की दिएको आरोपमा एक अधिवक्ताविरुद्ध नेपाल कानुन व्यवसायी परिषद्मा उजुरी दर्ता भएको छ। धादिङ जिल्ला अदालतमा विचाराधीन जालसाजी मुद्दाको सुनुवाइका क्रममा इजलासभित्र तथा बाहिर धम्की, गालीगलौज र अपमानजनक व्यवहार भएको भन्दै अधिवक्ता तोला कुमारी पाठकले विपक्षी कानुन व्यवसायीविरुद्ध छानबिन र कारबाहीको माग गरेकी छन्।
निवेदनअनुसार, मुद्दा पेश गर्दा विपक्षी अधिवक्ताले पेशागत मर्यादा उल्लङ्घन गर्दै अपशब्द प्रयोग, धम्की र होच्याउने व्यवहार गरेको आरोप लगाइएको छ। यसक्रममा व्यक्तिगत र पारिवारिक स्वार्थसमेत जोडिएको विषयमा दबाब दिइएको र लैङ्गिक आधारमा अपमानजनक टिप्पणी, पेशाबाट हटाउने धम्की र त्रास देखाउने व्यवहार भएको उल्लेख गरिएको छ।
गत पुस ८ गतेको प्रमाण बुझ्ने क्रममा पनि इजलासभित्र र बाहिर पुनः दुव्र्यवहार भएको जनाइएको छ। घटनाका प्रत्यक्षदर्शी कानुन व्यवसायी, अदालतका कर्मचारी र सम्बन्धित व्यक्तिहरूको बयान सङ्कलन गरी निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाहीको माग गरिएको छ। अधिवक्ता पाठकले पेशागत मर्यादा गम्भीर रूपमा क्षतविक्षत भएको भन्दै नेपाल कानुन व्यवसायी परिषद्ले आवश्यक छानबिन र कारबाही गर्नुपर्ने बताएकी छन्। निवेदनसँगै घटनाको सीसी क्यामेराको फुटेज पनि प्रमाणका रूपमा पेश गरिएको छ।












समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?