
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको बजार आज १०.५३ अंकले घटेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६२२.८८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्य बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले घटेर ४५५.३१ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ ।
अघिल्लो दिन साढे ५ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३३७ कम्पनीका १ करोड ३७ हजार ३०७ कित्ता सेयर ६९ हजार ५४८ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।











समाचार
राष्ट्रियसभाको बैठक बस्दै
धितोपत्र बोर्डद्वारा मार्जिन लेण्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक, सरोकारवालासँग सुझाव माग
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल