
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको करिब २ करोड कित्ता सेयरको लकइन अवधि आउँदो माघमा सकिने भएको छ। कम्पनीको संस्थापक समूह, कर्मचारी र आयोजना प्रभावित स्थानीयको नाममा रहेको सेयरको लकइन अवधि माघ २१ गते सकिने भएको हो ।
कम्पनीको संस्थापक समूहतर्फको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, कर्मचारीतर्फको ४४ हजार १०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ११ लाख २ हजार ५०० कित्ता गरी कुल १ करोड ९८ लाख ८९ हजार १०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । कम्पनीले आईपीओ जारी गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिबाट संस्थापक समूह, कम्पनीमा कार्यरत कर्मचारी र आयोजना प्रभावित स्थानीय बासिन्दाको सेयर ३ वर्षसम्म लकइनमा राख्नु पर्ने प्रावधान छ ।
लकइनमा रहुन्जेल सेयर खरीदबिक्री गर्न पाइँदैन भने लकइन अवधि समाप्त भएसँगै यी सेयरहरू कारोबार गर्न सकिनेछ । तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने नियमानुसार सेयर रोक्का रहनेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह