
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २६ औ वार्षिक साधारणसभा आज पर्साको वीरगन्जमा रहेको होटल भिष्वामा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजीको कुल २१.०५ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव पारित गरेको छ । पािरित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ । सभाले बोनस सेयर वितरणपछि चुक्तापुँजी सोहीबमोजिम वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा उद्देश्यलगायत अन्य आवश्यक समयानुकूल संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल वा निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि