
काठमाडौं । चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जितेका छन् । गेरोगी, पुम्से र स्पिड किकमा खेलाडीले पदक जितेका हुन् ।
जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गिता विष्टले स्वर्ण जिते । आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत हात पारे । एभिनजंग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एन्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पाले कांस्य प्राप्त गरे ।
प्रतियोगतामा लिटिल बड स्कुल, गोंगबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कुलका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सरोज तामाङ र विकेश विडारी टोली प्रशिक्षकको जिम्मेवारीमा थिए ।













समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन