
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले करार सेवामा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। नगर कार्यपालिकाको कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा ४ जना कर्मचारी मागेको हो।
खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी नगरपालिकाले सूचना प्रविधि अधिकृत, मनोसामाजिक परामर्शकर्ता र रिटर्नी स्वयंसेवक पदका लागि दरखास्त आह्वान गरेको छ। प्रकाशित सूचनाअनुसार सूचना प्रविधि अधिकृत पदमा १ जना र रिटर्नी स्वयंसेवक पदमा २ जनाका लागि आवेदन मागिएको छ। त्यस्तै मनोसामाजिक परामर्शकर्ता पदमा भने १ जना महिलाले मात्र आवेदन दिन पाउनेछन्।
कार्यपालिकाको पुस १८ गतेको निर्णयअनुसार योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । नगरपालिकामा जागिर खान इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा दरखास्त पेस गर्नुपर्नेछ । तोकिएको म्यादभित्र रितपूर्वक आवेदन दिने उम्मेदवारहरूबिच खुला प्रतिस्पर्धा गराई छनोट गरिने नगरपालिकाले जनाएको छ ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?