सुनको मूल्यमा वृद्धि,तोलाकै २ लाख ६५ हजार पुग्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४६ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४५  सय रुपैयाँमा कारोबार भएको थियो।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार