काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव देखिएको छ । समग्र साताभरमा सुन चाँदीको मूल्यमा गिरावट आएको सातामा सुन चाँदीको मूल्यमा उतारचढाब देखिएको हो ।
गत साताको अन्तिम कारोबार दिन अर्थात् कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुनको मूल्य यो साताको अन्तिम कारोबार दिन १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यो साताभरमा सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो साताको मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तोलामा ३०० रुपैयाँ बढेर १ लाख ६८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । बिहीबार भने सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ घटेर १ लाख ६४ हजार ५०० रुपैयाँमा र शुक्रबार २ हजार रुपैयाँ बढेर १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणामसँगै यस साता सुनको मूल्यमा उतारचढाव भएको संघले जनाएको छ । त्यसैगरी, अमेरिकी डलरले बनाएको नयाँ नयाँ अलटाइम हाइ रेकर्ड, फेडरल रिजर्भले घटाएको ब्याजदरका कारण पनि यस साता सुनको मूल्य प्रभावित भएको विश्लेषकहरुको भनाइ छ ।
यस साता चाँदीको मूल्यमा पनि उतारचढाव भएको छ । साप्ताहिक रुपमा चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँ घटेको छ । कात्तिक १५ गते तोलाको २ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी, यस साताको मंगलबार २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बुधबार प्रतितोला २ हजार १५ रुपैयाँ, बिहीबार १ हजार ९६० र शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन