
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको नेतृत्वमा साधारणसभा सम्पन्न भएको हो ।
सभा पुस २१ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाले गत असार मसान्तसम्मको वासलात तथा गत आर्थिक वर्ष (आव) को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ ।
त्यसैगरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आवको वितरणयोग्य मुनाफा रकमबाट हाल कायम चुक्ता पूँजीको ५.३७ प्रतिशत नगद लाभांश (नगद र बोनसमा लाग्ने कर सहित) र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ । बैंकले अघिल्लो आवमा ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकका अनुसार आव ०८०/८१ को तुलनामा आव ०८१/८२ मा बैंकका समग्र वित्तीय सूचकहरूमा सकारात्मक परिवर्तन देखिएको छ । आव ०८०/८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आव ०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ । साथै पुँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ । आव ०८१/८२ को अन्त्यमा बैकको निक्षेप ५६.२२ अर्ब रुपैयाँ रहेको छ भने कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ रहेको छ ।
साथै बैंकको नियमावली बमोजिम संस्थापक समूह (क) बाट ३ जना र सर्वसाधारण समूह (ख) बाट ३ जना गरी ६ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव भए बमोजिम संस्थापक सेयरधनी समूह (क) बाट ३ जना क्रमशः राजेश उपाध्याय, संजय गिरि र ग्रोइङ्ग प्रा.लि. को तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण सेयरधनी समूह (ख) बाट ३ जना क्रमशः श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित संचालक समितिको सोही दिन बसेको पहिलो बैठकबाट राजेश उपाध्याय संचालक समितिको अध्यक्षको रूपमा चयन भएका छन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व