
नवलपरासी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै रोजगारी सृजना गर्ने आफूहरुको प्रयास रहेको बताएका छन् ।
नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि सुरु चौथो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै ढकालले वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गर्न पहल गरिरहेको बताए । “हाम्रो प्रयास सकेसम्म स्वदेशमै रोजगारी सृजना गरौँ र यो वैदेशिक रोजगारीमा जाने बाध्यतालाई अन्त्य गरौँ भन्ने हो”, उनले भने, “उद्योगी व्यवसायीले व्यक्तिगत फाइदाका लागि मात्रै नभइ रोजगारी सृजना गर्न र राष्ट्रको विकासका लागि काम गर्दै आएका छन् ।”
नेपालको धार्मिक, सांस्कृतिक र पर्यटकीय धरोहरलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले यसका लागि निजी क्षेत्र हर बखत तयार रहेको बताए । आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न २५० व्यापारिक स्टल रहेको महोत्सव मूल समिति संयोजक छवि कँडेलले बताए ।
महोत्सव परिसरलाई सुरक्षित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करिब रु २५ करोड कारोबार हुने अपेक्षा गरिएको कँडेलको भनाइ छ ।
आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले स्थानीय कृषि उपजको बजारीकरण र प्रवद्र्धन गर्नका लागि कृषकले उत्पादन गरेको कृषि उपजको निःशुल्क प्रदर्शनी गर्न दिइएको बताए । महोत्सव अवधिमा स्थानीय पर्यटन प्रवद्र्धनका लागि विभिन्न गोष्ठी तथा सेमिनारको आयोजना गरिएको सापकोटाको भनाइ छ ।












समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना