
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले साभारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १ गतेका लागि ७ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
उत्त सभा बाराको जितपुरसिमरा–२ स्थित होटल श्रेष्ठ रेसिडेन्सी प्रा.लि मा दिउँसो २ बजे सुरु हुने छ । कम्पनीले सेयधरनीलाई लाभांश नदिने भएको छ । साधारणसभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ ।
त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनको उद्देश्य थप्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते एक दिनका लागि बूक क्लोज गर्ने निर्णय गरेको छ ।













समाचार
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि
दुई महिनामा व्यापार घाटा करिब साढे ३ खर्ब
नयाँ डिजाइनसहित १ हजार रुपैयाँको बैंकनोट प्रचलनमा आउँदै
राहुघाट निर्माणको १६ वर्षे यात्रा: असफल ठेक्कादेखि परीक्षण उत्पादन
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको होः कानुनमन्त्री गौतम
डोल्पामा सीता एयर दुर्घटना
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक