
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात वटा कम्पनीहरूको साधारणसभा आज बस्दैछ । आज नबिल बैंक, हिमालयक लघुवित्त, डिप्रोक्स लघुवित्त, इमर्जिङ नेपाल, सिनर्जि पावर, बुटवल पावर र कालिका पावरको साधारणसभा आज बस्दै छ ।
यी सबै कम्पनीहरुले आफ्ना सेयधनीहरुलाई वितरण गर्ने लाभांश सहितका प्रस्तावहरु पारित गर्ने छन् । आज साधारणसभा गर्न लागेको नबिल बैंक लिमिटेडको १२.५ प्रतिशत नगद लाभांश पारितका लागि काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ः१५ बजेदेखि ४१ औँ वार्षिक साधारणसभा बस्दैछ।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि आफ्ना सेयरधनीहरुलाई ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश पारितका लागि काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेदेखि १४ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा आज बस्दैछ । उक्त सभाले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश पारित गर्ने छ । त्यस्तै इमर्जिङ नेपाल लिमिटेडको साधारणसभाले ५.२६३१५ प्रतिशत नगद लाभांश पारित गर्ने छ । कम्पनीको १० औँ वार्षिक साधारणसभा काठमाडौंको नयाँबानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेट प्रा.लि मा बिहान साढे ९ बजेदेखि सुरु हुने छ ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश पारितका लागि काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि १९ औँ वार्षिक साधारणसभा बस्दैछ। बुटवल पावर कम्पनी लिमिटेडको ६ प्रतिशत नगद लाभांश पारितका लागि काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसोको २ बजेदेखि २३ औँ वार्षिक साधारणसभा बस्दैछ । कालिका पावर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश पारितका लागि चितवनको भरतपुरस्थित दियाले फूडल्याण्डमा बिहान ११ बजेदेखि १८ औँ वार्षिक साधारणसभा बस्दैछ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू