
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्री बनाउने चटारो परेको हो। जानकी मात्र होइन, तुलसीपुर–१० बनकाउकी विझौनी थारू लगायत यतिबेला दाङका थारू बस्तीका हरेक घरमा महिलाहरू ढिक्री बनाउन भ्याइनभ्याइ अवस्थामा छन्। थारू समुदायले हरेक चाडपर्वमा ढिक्रीलाई मुख्य परिकारका रूपमा लिने गर्छन्, जसलाई विशेषगरी सुँगुरको मासु, माछा र घोँगीसँग स्वाद लिई खाने प्रचलन छ।
चामलको पीठोबाट तयार पारिने ढिक्री बनाउने आफ्नै मौलिक तरिका छ। चामलको पीठोलाई पानीले मुछेर विभिन्न आकार दिने गरिन्छ। माघीका लागि विशेषगरी लाम्चो आकारको ढिक्री बनाइने भए पनि दसैँमा गोलो र तिहारमा दियो जस्तो चेप्टो आकार दिने परम्परा छ। यसरी तयार पारिएको पीठोको आकारलाई पानीको बाफमा करिब आधा घण्टासम्म उसिनेपछि खानका लागि योग्य हुन्छ।
स्वास्थ्यका दृष्टिकोणले पनि ढिक्रीलाई निकै उत्तम परिकार मानिन्छ। तेल वा चिल्लो पदार्थ र चिनीको प्रयोग नहुने भएकाले यसले शरीरलाई हानि गर्दैन। उसिनेर तयार पारिने यो शुद्ध परिकार खाँदा मानिसको आयु बढ्ने पौराणिक मान्यता समेत थारू समुदायमा रहिआएको छ। माघी नजिकिँदै गर्दा गाउँघरमा ढिक्रीको बास्ना चल्न थालिसकेको छ भने यसले समुदायमा उत्सवको रौनक थपिदिएको छ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम