
कैलाली । नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना गर्न धनगढी नगर विकास समिति र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशमा बोर्डको कार्यालय स्थापना गर्ने निर्णयअनुसार उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रमा नगर विकास समितिका अध्यक्ष एवं धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले आज समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार नगर विकास समितिले प्रदेश कार्यालय सञ्चालनका लागि कम्तीमा तीन कोठा र शौचालयसहितको भवन उपलब्ध गराउनुका साथै भवनमा विद्युत्, खानेपानी र ढल व्यवस्थाको उपयुक्त व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको उपमहानगरप्रमुख गोपाल हमालले जानकारी दिए ।
पर्यटन बोर्डले कार्यालय सञ्चालनका लागि भवनको सरसफाइ, सौन्दर्यीकरण, फर्निचर तथा आवश्यक कार्यालय सामग्रीको व्यवस्थापन गर्नुपर्ने समझदारी पत्रमा उल्लेख छ । उपलब्ध भवनको मर्मतसम्भार, विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेटको शुल्क बेहोर्ने तथा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने दायित्व पनि बोर्डकै रहने उपमहानगर प्रमुख हमालको भनाइ छ ।
समझदारीपत्रको अवधि हस्ताक्षर भएको मितिदेखि पाँच वर्षको हुने र आपसी सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । कुनै कारणवश कार्यालय सार्नुपर्ने वा भवन खाली गराउनुपर्ने अवस्था आएमा कम्तीमा एक महिनाअघि कारणसहित लिखित सूचना दिनुपर्ने प्रावधान राखिएको छ ।
समझदारीपत्रमा उल्लिखित विषयमा कुनै संशोधन वा थप स्पष्टता आवश्यक परेमा दुवै पक्षको आपसी सहमतिमा गर्न सकिने जनाइएको छ । बोर्डको आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजनअनुसार धनगढीमा प्रदेश कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको जनाइएको छ ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान