
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल पर्वतारोहण सङ्घलाई एकाधिकार दिन नमिल्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले सङ्घ नागरिकले जस्तै संस्था दर्ता ऐनअन्तर्गत स्थापना भएकाले एउटा संस्थालाई मात्रै एकाधिकार दिने कुरा जायज नहुने बताएका हुन् । मन्त्री सिन्हाले मुलुकको परिवर्तित सन्दर्भ र सङ्घीयताअनुसार पनि एउटै संस्थालाई एकाधिकार हुने गरी कानुनी व्यवस्था गर्न उपयुक्त नहुने उल्लेख गरे ।
उनले भने, “नेपाल पर्वतारोहण सङ्घले हालसम्म गरी आएको काम र योगदान अतुलनीय छ, तथापि यो संस्थाको सुरुआत र स्थापना कसरी भएको छ भनेर हेर्नुपर्छ । उहाँहरूले संस्था दर्ता ऐनअन्तर्गत केही सीमित व्यक्तिहरूबाट सुरु गरेर हाल ठुलो आकारमा काम गरिराख्नुभएको छ । यस्तै प्रकृतिका अरू संस्था पनि छन् । त्यसैले एउटालाई एकाधिकार दिने कुरा राम्रो हुँदैन ।”













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान