
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो ।
नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो । नेपाली टोली आइतबार प्रस्थान गर्ने छ । बिदाइ कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई विश्वकपका लागि शुभकामना दिए । त्यस्तै कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको बताए ।
प्रशिक्षक स्टुअर्ट लले पनि विश्वकपमा राम्रो गर्ने विश्वास व्यक्त गरे । ‘हामी योजनालाई अन्तिम रूप दिनेछौं अभ्यासमार्फत । विश्वकपमा राम्रो प्रदर्शन गरेर सारा नेपालीलाई खुसी दिनेछौं’, प्रशिक्षक लले भने ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै तयारी राम्रो देखिएको र राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । नेपाली क्रिकेट टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ । त्यसअघि श्रीलंका गएर श्रीलंका ‘ए’ अनि भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि अभ्यास खेल्ने छ । विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा भइसकेको छ ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने