
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको मेचीनगरमा रहेको एक आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग गरेको छ।
बैंकको इट्टाभट्टा शाखा कार्यालयको पहलमा मेचीनगर नगरपालिका–०८, सृजनाचोकस्थित आधारभूत स्वास्थ्य केन्द्रलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरे । सो अवसरमा मेचीनगर नगरपालिका–०८ का वडा अध्यक्ष गिरीराज धमलाको उपस्थिति रहेको थियो।
बैंकको यो सहयोगबाट स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी आर्थिक रूपमा कमजोर तथा असहाय वर्गका बिरामीहरूका लागि यसले थप सहजता ल्याउने विश्वास स्वास्थ्य केन्द्रका प्रमुख पौडेलले व्यक्त गरे । साथै, सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रही सहयोग प्रदान गरेकोमा उहाँले बैंकप्रति आभार समेत प्रकट गरे।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द