काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन २ लाख ७७ हजार ८०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य २ लाख ७७ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर तोलाको ५ हजार ६२५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार ६४५ रुपैयाँ रहेको थियो ।