
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर कारोबार बन्द भएको छ । आज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा २२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ३१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.७० अंकले बढेर ४५९.४३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटै उपसूचकको सेयर मूल्यमा हरियाली देखिएको छ ।
परिसूचक दोहोरो अंकले बढेको दिन ८ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३८ कम्पनीका १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ४ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह