काठमाडौं । सोमबार सेयर बजार बन्द रहने भएको छ । आज सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा भएकोले सेयर बजार बन्द रहने भएको हो ।
अब दोस्रो बजार भोली खुला हुनेछ । गत साता पनि बजार तीन कारोबार दिनका लागि मात्र खुलेको थियो । अघिल्लो कारोबार दिन अर्थात आइतबार नेप्से परिसूचक ३१.१२ अंक बढेर २६७२.५५ विन्दुमा पुगेको थियो । सो दिन नेप्सेमा करिब साढे ८ अर्बको सेयर कारोबार भएको थियो ।