काठमाडौं । मंगलबार फेरि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन तोलाको २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ८१० रुपैयाँ रहेको थियो ।