
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ।
विभागले सूर्यविनायक–२, बालकोटमा रहेको खिलुङ्गा कालिका मार्केटिङ प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो। अनुमगनका क्रममा कानुन विपरीतका गतिविधि फेला परेपछि उक्त फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ।
यस्तै, विभागले थप १२ वटा फर्मको पनि स्थलगत अनुमगन गरेको छ। विभिन्न फर्ममा गरिएको अनुमगन तथा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गर्न विभागले आवश्यक निर्देशन दिएको छ।
विभागका अनुसार बजारलाई व्यवस्थित र उपभोक्ताको हित सुनिश्चित गर्न नियमित रूपमा अनुमगन गर्दै कानुन कार्यान्वयन गरिँदै आएको छ। स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको सहभागितामा अनुमगन गरिएको विभागले स्पष्ट पारेको छ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना