अनियमितता भेटिएपछि सूर्यविनायकको फर्मलाई विभागको कारबाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ।

विभागले सूर्यविनायक–२, बालकोटमा रहेको खिलुङ्गा कालिका मार्केटिङ प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो। अनुमगनका क्रममा कानुन विपरीतका गतिविधि फेला परेपछि उक्त फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ।

यस्तै, विभागले थप १२ वटा फर्मको पनि स्थलगत अनुमगन गरेको छ। विभिन्न फर्ममा गरिएको अनुमगन तथा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गर्न विभागले आवश्यक निर्देशन दिएको छ।

विभागका अनुसार बजारलाई व्यवस्थित र उपभोक्ताको हित सुनिश्चित गर्न नियमित रूपमा अनुमगन गर्दै कानुन कार्यान्वयन गरिँदै आएको छ। स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको सहभागितामा अनुमगन गरिएको विभागले स्पष्ट पारेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार