
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको यसअघि स्थगित भएको १९औँ वार्षिक साधारणसभा आज माघ ८ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्दैछ। कम्पनीले बिहान ११ बजेबाट साधारणसभा सुरु गर्ने जानकारी दिएको छ।
यसअघि पुस २८ गते सोही स्थान र समयमा बोलाइएको साधारणसभा आवश्यक गणपुरक संख्या नपुगेपछि स्थगित गर्नुपरेको थियो। सोही कारण स्थगित गरिएको साधारणसभा आज पुनः आयोजना गरिएको हो।
साधारणसभामा कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कायम चुक्ता पुँजीका आधारमा सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्दैछ। उक्त प्रस्तावमाथि सभाले निर्णय गर्नेछ।
त्यसैगरी सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण अनुमोदन गरिने कार्यक्रम रहेको छ। साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
कम्पनीको सञ्चालक संरचनासम्बन्धी विषय पनि सभाको एजेन्डामा समावेश गरिएको छ। जसअनुसार एक जना महिलासहित चार जना सञ्चालकको निर्वाचन, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन, सञ्चालक समिति गठन तथा नियामक निकायबाट प्राप्त हुने निर्देशन वा सुझाव कार्यान्वयन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावहरूमा छलफल हुनेछ।
साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द गरिसकेको छ। यसका आधारमा नेपाल स्टक एक्सचेन्जमा पुस १३ गतेसम्म कायम रहेका सेयरधनी मात्र साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना