
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको पौने २६ लाख कित्ता सेयरको लकइन अवधि आउँदो फागुन १३ गतेबाट सकिंदैछ । कम्पनीको संस्थापकतर्फको २२ लाख २० हजार कित्ता, कर्मचारीतर्फको १६ हजार ८०० कित्ता र आयोजना प्रभाविततर्फको ३ लाख ४० हजार गरी कुल २५ लाख ७६ हजार ८०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।
आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिदेखि संस्थापक, कर्मचारी र आयोजना प्रभाविततर्फको सेयर ३ वर्षसम्म लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम यी शेयरहरू लकइनमा रहेका छन् । फागुन १३ गतेबाट लकइन अवधि सकिने भएसँगै फागुन १४ गतेदेखि यी सेयरहरू किनबेच गर्न सकिनेछ । तर कम्प्नीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो