काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको पौने २६ लाख कित्ता सेयरको लकइन अवधि आउँदो फागुन १३ गतेबाट सकिंदैछ । कम्पनीको संस्थापकतर्फको २२ लाख २० हजार कित्ता, कर्मचारीतर्फको १६ हजार ८०० कित्ता र आयोजना प्रभाविततर्फको ३ लाख ४० हजार गरी कुल २५ लाख ७६ हजार ८०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।
आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिदेखि संस्थापक, कर्मचारी र आयोजना प्रभाविततर्फको सेयर ३ वर्षसम्म लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम यी शेयरहरू लकइनमा रहेका छन् । फागुन १३ गतेबाट लकइन अवधि सकिने भएसँगै फागुन १४ गतेदेखि यी सेयरहरू किनबेच गर्न सकिनेछ । तर कम्प्नीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।