
काठमाडौं । नेपाल लाइफ समृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित रही माघ ४ गतेदेखि बिक्रीमा आएको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरीदका लागि आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ ।
यसअघि निष्कासन बन्द छिटोमा माघ ८ गते हुने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि माघ १८ गतेसम्म निष्कासन अवधि थपिएको थियो। तर यसैबीच माग बमोजिम पर्याप्त आवेदन परेकाले आज बेलुकी बैंकिङ्ग समयपश्चात् निष्कासन बन्द गर्न लागिएको हो । यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले कुल १६ करोड इकाई बिक्रीमा आउनेछ। जसमध्ये बीज पुँजी बापत कम्तीमा २ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको कम्तीमा १५ प्रतिशतमध्ये नेपाल लाइफलाई १४ प्रतिशत वा २ करोड २४ लाख इकाई र नेपाल लाइफ क्यापिटललाई १ प्रतिशत वा १६ लाख इकाई सुरक्षित गरिएको छ । यसरी बाँकी रहन आएको न्यूनतम १३ करोड ६० लाख इकाई भने सर्वसाधारण तथा संघसंस्थाहरूका लागि निष्कासन तथा बिक्री खुला गरिएको हो । यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईका लागि र अधिकतम १ करोड ६० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाई आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सिआस्वा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय