
काठमाडौं। काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को आयोजनामा पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको ३ सहित १६ टिम सहभागी हुने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । कक्षा ९ सम्म अध्ययनरतले सहभागी हुन पाउने केभीकेएसएसका बास्केटबल प्रशिक्षक दिपेश कार्कीले जानकारी दिए । समूह ‘ए’ मा केभीकेएसएस ‘ए’, तेजस्वी एकेडेमी, पारामाउन्ट एकेडेमी र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) तथा समूह ‘बी’ मा भ्याली पब्लिक, ल्यान्डमार्क एकेडेमी, ग्रिनल्यान्ड र हिमशिला रहेका छन् ।
काठमाडौं युरो, इडेन ब्रिज एकेडेमी (इबीए), केभीकेएसएस ‘सी’ र जेबी स्कुल समूह ‘सी’ तथा केभीकेएसएस ‘बी’, राई स्कुल, ज्ञानोदय र ह्वाइट हेभेन समूह ‘डी’ मा छन् ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुनेछ । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु टोखा नगरपालिकाको मिलन टोलीस्थित आयोजकको कोर्टमा खेलाइने छ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान