
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले नाफा बढेको हो ।
बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८० करोड ७३ रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेको र गैर सञ्चालन खर्च घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.१२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ८.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.२२ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ५७ करोड ४२ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा घट्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ८४ पैसा बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.६१ गुणा रहेको छ । १२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ । बैंकले पुस मसान्तसम्ममा २ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना