
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । आइतबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा २.१२ प्रतिशतले धेरै हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । सेयर बजारमा हरियाली कायम भएको दिन सेन्सेटिभ इन्डेक्स पनि ८.०५ अंकले बढेर ४७३.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा करिब १४ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३३१ कम्पनीका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर १ लाख ३३ हजार ५२९ पटक खरिद बिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ रुपैयाँको कारोबार भएको छ । सेयर बजार उच्च अंकले बढेको दिन सेयर बजारमा ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल