
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १०४.८३ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.८३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७३.२० प्रतिशत बढेको छ भने अन्य सञ्चालन मुनाफा ११.९० प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत र सञ्चालन मुनाफा ७३.८३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १६ लाख ६५ हजार रुपैयाँ रहेको छ । ४ करोड ४० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ७१ रुपैयाँ ९२ पैसा रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २६ रुपैयाँ ५५ पैसा बढेर ५१ रुपैयाँ ८७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ १ पैसा रहेको छ । १२ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।













समाचार
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?