
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । जसअनुसार चालू आवको पुस मसान्तसम्म बैंक खुद घाटा बेहोरिरहेको हो ।
गत आवको पुस मसान्तसम्म ४ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंक चालू आवको पुस मसान्तसम्म भने १ करोड ५४ लाख रुपैयाँ खुद घाटामा पुगेको वित्तीय विवरणले देखाएको छ । बैंकको खुद ब्याज आम्दानी भने ५ करोड ६६ लाख रुपैयाँबाट बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी गत आवको पुस मसान्तसम्म बैंकले सञ्चालन खर्च बापत ८ करोड १४ लाख रुपैयाँ खर्च गरेकोमा चालू आवको पुस मसान्तसम्म सञ्चालन खर्च बापत ८ करोड ३६ लाख रुपैयाँ खर्चिएको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन ६ करोड ९५ लाख रुपैयाँबाट १ करोड ५५ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५.५० रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको निष्क्रिय कर्जा ९.०६ प्रतिशतबाट घटेर ६.३९ प्रतिशतमा झरेको छ भने प्रतिसेयर नेटवर्थ ९४.१९ रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भ कोषमा १ करोड ९६ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकले ३ अर्ब २५ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५ अर्ब ६६ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।













समाचार
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल
त्रिभुवन विश्वविद्यालयको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
राष्ट्रियसभाको बैठक आज बस्दै
श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट एनपीएल खेल्ने
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड
मनसुनी सँगै पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर