
काठमाडौं। ब्राजिलले फिफा क्लब विश्वकप २०२९ आयोजना गर्ने प्रस्ताव फुटबलको सर्वोच्च निकाय फिफासामु पेस गरेक छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनो रियो दि जेनेरियो भ्रमणमा रहेका बेला ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ) का पदाधिकारीहरूले उक्त प्रस्ताव बुझाएका हुन्।
इन्फान्टिनोको ब्राजिल भ्रमण मुख्यतः २०२७ महिला विश्वकपको तयारी प्रक्रिया अघि बढाउने उद्देश्यमा केन्द्रित थियो। उक्त महिला विश्वकप ब्राजिलका आठ शहरमा आयोजना हुने तय भइसकेको छ।
यसैबीच, फिफाको विस्तारित क्लब प्रतियोगिता दक्षिण अमेरिकाको सबैभन्दा ठूलो बजार ब्राजिलमा ल्याउन निरन्तर प्रयास गरिरहेका छन्। फिफाले २०२५ संस्करणका लागि परम्परागत बिड प्रक्रिया नगरी संयुक्त राज्य अमेरिकालाई ३२ टोली सहभागी हुने प्रतियोगिता आयोजना गर्ने जिम्मा दिएको थियो। तर, २०२९ संस्करणको आयोजक कसरी छनोट गरिने भन्ने विषयमा फिफाले अझै स्पष्ट मापदण्ड सार्वजनिक गरेको छैन।
सीबीएफका अध्यक्ष सामिर जाउदले यस विषयमा छलफल जारी रहेको बताएका छन्। उनले गत वर्ष भनेका थिए,‘यो विषय मैले अध्यक्ष इन्फान्टिनोसँग छलफल गरिसकेको छु। भगवानको इच्छा भए ब्राजिलले २०२९ क्लब विश्वकप आयोजना गर्नेछ।’ २०२९ संस्करणका लागि ब्राजिलको एक क्लबले प्रतियोगितामा स्थान पक्का गरिसकेको छ। फ्लामेङ्गोले २०२५ को कोपा लिबर्टाडोरेस जित्दै क्लब विश्वकपमा सहभागिता सुनिश्चित गरेको हो।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै