
काठमाडौं । चुनाव हुने सुनिश्चितता पछि बढेको सेयर बजार आज उच्च अंकले घटेर कारोबार भएको छ । आईतबार उच्च अंकले बढेको बजार सोमबार सामान्य करेक्सन भएको थियो । तर मंगलबार भने बजार ४२.५८ अंकले घटेर बन्द भएको हो । यो अघिल्लो दिनको भन्दा १.५३ प्रतिशतले कम हो ।
आइतबार ५७ अंकले बढेको बजार सोमबार ३ अंकले घटेको थियो । मंगलबारको कारोबार बन्द हुन्दा नेप्से परिसुचक २७२६.५१ विन्दुमा पुगेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३४ कम्पनीको मूल्य मात्रै बढेको छ । आज २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ७.३७ अंकले घटेर ४६४.४६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको स्थिर रहेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १६ अर्ब माथिको कारोबार भएको बजारमा आज १४ अर्ब भन्दा केही बढीको कारोबार भएको छ ।
आज सेयर बजारमा ३३३ कम्पनीका ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १ लाख ४२ हजार ४७६ पटक खरिद बिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ रुपैयाँको कारोबार भएको छ ।












समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल