
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवाग्राहीलाई जिम्मेवार रूपमा सेवा लिन, बीमा दुरुपयोग नगर्न र अनावश्यक परीक्षणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दबाब नदिन आग्रह गरेको छ। साथै, सेवा प्रदायकलाई कानुन, निर्देशिका, कार्यविधि र परिपत्र अनुसार मात्र उपचार गर्न अनुरोध गरेको छ ।
बोर्डका अनुसार सामाजिक स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य सेवा लिइरहेका छन्। यसले दैनिक औसत ८ करोड रुपैयाँ व्यक्तिगत खर्च बचाउँदै वित्तीय सुरक्षा सुनिश्चित गरेको छ।
बोर्डले असहज वा अस्थायी रूपमा बन्द भएका स्वास्थ्य संस्थाहरूलाई पुनः सञ्चालनमा ल्याउन निरन्तर पहल र छलफल गरिरहेको छ। बोर्डले सामाजिक स्वास्थ्य बीमा कार्यक्रमलाई अझ सशक्त, प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता पनि जनाएको छ।
सामाजिक ऐक्यबद्धताको सिद्धान्तअनुसार वित्तीय व्यवस्थापन गर्दै आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ।












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात