
काठमाडौं। शेपां समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप-२०२६ यही माघ २४ गतेदेखि सुरु हुने भएको छ। यो प्रतियोगिता खुम्बू ल्होसार कपको १५औं सस्करण हो।
शेर्पा समुदायको प्रमुख पर्व ल्होसार (नयाँ वर्ष) को अवसर पारेर विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको १५औं सम्करण महेन्द्र ज्योति एक्स-स्टुडेन्ट फोरमले आयोजना गर्न लागेको हो। महन्द्र ज्योति एक्स-स्टुडेन्ट फोरमका अध्यक्ष फर गरजे शेपाका अनुसार सोलुखम्बुको खम्ब पासाङल्हामु गाउपालिकाका विभिन्न गाउमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेका शेपा युवाहरूले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटवल प्रतियोगिता सुरु गरेका थिए। प्रतियोगिताले फुटवल अभ्यासलाई प्रोत्साहन गर्नुका साथै प्रतिस्पर्धात्मक खेल वातावरण सिर्जना गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले प्रतियोगितासम्बन्धी जानकारी दिएका हुन्। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य शेपा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनु, उनीहरूको प्रतिभा उजागर गर्नु र समुदायबीच एकता मजबुत बनाउनु हो। यसअघि विभिन्न कारणले स्थगित हुदै आएको खुम्बु ल्होसार कपको १५औं संस्करण यसपटक माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हनेछ। प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फाको फुटबल मैदानमा हुनेछन्। हाल सहभागी टिमहरूले प्रशिक्षण सुरु गरिसकेकी आयोजकले जनाएका छन् ।
यस फुटबल प्रतियोगिताको उद्देश्य नेपालमा खेलकुद र पर्यटन दुबैको प्रवर्द्धन गर्नु हो, उनले भने। ल्होसार पर्वको अवसरमा आयोजना हुदै आएको खुम्बु लाेसार कप युवा पुस्ता मात्र होइन, सम्पूर्ण समुदायका लागि साझा सांस्कृतिक तथा खेलकुद उत्सवका रूपमा विकासत हद आएको छ। सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता सानोगाउचन मैदानमा हुँदै आएको थियो। तर विभिन्न कारणले गर्दा सन् २०२५ मा प्रतियोगिता आयोजना गर्न सकिएन। यसैले यस वर्ष २०२३ मा खुम्बु ल्होसार कप एन्फा मैदानमा आयोजना गर्ने निर्णय गरिएको उनले बताए।
प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । सहभागी टिमहरू यस प्रकार रहेका छन् :
१) महेन्द्र ज्योति एक्स स्टुडेन्ट फारम फराक महेन्द्र ज्योति पूर्व विद्यार्थी फोरम, फारक
२) नाम्चे युवा समूह, नाम्चे (नम्चे युवा समूह, नाम्चे)
३) खुम्जुङ युथ क्लव खम्जुङ (khumjung youth group, khumjung)
४) खन्दे कम्युनिटी क्लव, खुम्चे खुन्दे सामुदायिक क्लब, खुन्दे
५) ठमिछोवा क्लब ठमिछोवा फुटबल क्लब, थामे
६) अमादब्लम यथ वृष, पाइबोच अमदब्लम युवा समूह, पाङ्बोचे
७) Khumbu Yambu Sherpa Samaj
८)khumbu united
अध्यक्ष शेपाका अनुसार वार्षिक रूपमा आयोजना हुने यस प्रतियोगिताले खुन्बु पासाङल्हामु गाउँपालिकामित्रका समुदायलाई फुटवलमार्फत एकताबद्ध गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ। ल्होसार पर्व र फुटबल उत्सव एकसाथ मनाइने यो प्रतियोगिता युवाहरु र समुदायलाई जोडने साझा उत्सवका रूपमा स्थापित भइसकेको उनले बताए।
उनका अनुसार विश्वभर खेलप्रतिको उत्साह तीव्र रूपमा बढ्दै गएको छ जसमा फुटवलको लोकप्रियता झन व्यापक छ। यसै सन्दर्भमा हामी खेलका र पर्यटन दुबैलाई सँगसँगै अघि बढाउँदै नेपालमा खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित अघि चढेका छौं। खेलकुद, विशेषगरी फुटवलको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने योजना अनुसार यस प्रतियोगितालाई सम्भव भएसम्म दीर्घकालीन र प्रभावकारी बनाउने तयारी गरेका छौं, उनले भने।
उनका अनुसार खेलकुदमार्फत पर्यटन प्रवद्धन गर्ने उद्देश्यसहित सुम्बु क्षेत्रले खुम्बु ल्होसार कपलाई महत्वपूर्ण अभियानका रूपमा अघि बढाउँदै आएको छ। यही सोचका साथ हरेक वर्ष प्रतियोगिता आयोजना हुदै आएका छ र आगामी दिनमा यसलाई अझ व्यवस्थित स्तरयुक्त बनाउँदै लैजाने योजना रहेको छ।
खुम्बु ल्हाेसार कप-२०२६ काे शीर्ष प्रायोजकका रुपमा १४ पिक्स एक्सपेडिसन प्रा.लि. रहको छ भने सह प्रायोजकमा हेली एभरेष्ट प्रा.लि र खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका छन्। यसका साथै अन्य विभिन्न प्रायोजकहरूको पनि सहयोग रहेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू